काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्स १९.४ ओभरमा १४३ रन बनाउँदै अलआउट भयो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा तीन चौकाको सहयोगमा सो रन बनाएका हुन् । दीलिप नाथले ३१, डी आर्की सर्ट र सुमित महर्जनले समान १८–१८ र गुलवदिन नईवले ११ रन बनाए ।

ADVERTISEMENT

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिए हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिए ।

लिगमा अपराजित सुदूरपश्चिम आज पनि आफ्नो लय कायम राख्ने तयारीमा छ । लुम्बिनीलाई रोक्दै प्लेअफतर्फ लम्कने प्रयासमा छ । अघिल्ला तीन खेलमा अपराजित सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा एउटा मात्र जित निकालेको लुम्बिनी दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

ADVERTISEMENT