काठमाडौँ , त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच भिडन्त हुँदैछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले पाँच खेलबाट आठ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यता, रोहितकुमार पौडेल नेतृत्व गरेको लुम्बिनी लायन्सले पाँच खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ।
प्लेअफमा पुग्ने सम्भावना जोगाउन लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।






