काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सुरुवातमै दबाबमा पारेको छ। सुदूरपश्चिमले पावर प्लेभित्रै चार विकेट गुमाएको छ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन्। लुम्बिनीका बलरले सुरुवाती ओभरमै लगातार विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ लाइनअप दबाबमा परेको छ।

ADVERTISEMENT

यसअघि लुम्बिनीका शेर मल्लको बलमा विनोद भण्डारी आउट भएका थिए। त्यसपछि किशोर महतोको बलमा आरिफ शेख आउट भए।

ADVERTISEMENT

आरिफलाई सुरुमा अम्पायरले आउट दिएका थिए। उनले रिभ्यू लिए पनि डीआरएसमा ब्याटमा बलले एज नलागेको देखिएपछि उनको विकेट कायम रह्यो। त्यसलगत्तै किशोर महतोको बलमा आरिफ क्याच आउट भए।