भैरहवा । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका हुन ।
यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको लुम्बिनी लायन्स जनाएको छ । सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ ।
यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ। यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ ।
आगामी वर्षहरूमा ल्एी का लागि पनि तयारी हुनेछ तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ ।
सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष श्री ईश्वर जिसीले भने, “एक्स्ट्राटेक ओभल हाम्रो लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ ।






