काठमाडौं । गरिमा विकास बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम र १९ वटा संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्याक्रमकरु सम्पन्न गरेको छ ।

विकास बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको हो । विकास बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

त्यसैगरी ‘स्वस्थ जीवनशैली का लागि खेलकुुद’ भन्ने नाराका साथ विकास बैंकले हिजो मंसिर ६ गते Garima Road Race अन्तर्गतको दोश्रो संस्करण Garima Road Race, 2082  समेत सफलतापूर्वक सम्पन्न गरेको छ जसमा १ हजारभन्दा बढी धावकहरुको सहभागिता रहेको थियो । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा Road Race प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

ADVERTISEMENT

यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

ADVERTISEMENT

 

ADVERTISEMENT