काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।
सेयर खरिदका लागि सर्वसाधारण व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिए पनि संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर आमसर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।






