काठमाडौं । आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस संघबीच सम्झौता भएको छ ।

सम्झौता–पत्रमा गरिमा विकास बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्टस संघतर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

सम्झौतापश्चात एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५ हजारदेखि पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

विकास बैंकले एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जासमेत प्रदान गर्नेछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले अब आफ्नै घर भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नवीनतम डिजिटल बैकिङमार्फत करिब नाै लाख ५० हजार ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

ADVERTISEMENT