काठमाडौं । गरिमा विकास बैंक कर्पोरेट बिजनेस अवार्ड एन्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर’ बाट सम्मानित भएको छ ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौंको होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको अठारौं संस्करणमा विकास बैंक सम्मानित भएको हो ।

ADVERTISEMENT

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, नियमनकारी निकाय एवं शुभचिन्तकहरूप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

ADVERTISEMENT

ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा ८ मे २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट समेत सम्मानित भएको थियो ।

गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।