काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापछि गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवाअन्तर्गत सिटीस्क्यान, एक्सरेलगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकको मोबाइल बैकिङ र डेविट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्न सक्नेछन् ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङमार्फत करिब नौ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








