काठमाडौं । मुख्यमन्त्री नियुक्तिको विवादले मधेश प्रदेशको राजनीतिमा भाँडभैलो भएको छ ।

एमाले कोटाबाट नियुक्त भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएपछि मधेशमा आगो सल्किएको हो ।

ADVERTISEMENT

प्रदेश प्रमुख सुवेदीको राजीनामा माग्दै सोमबार उनको कार्यकक्षमा पनि तोडफोड भएको छ । मुख्यमन्त्रीको कार्यकक्ष प्रवेश गरेका व्यक्तिहरूले कार्यकक्षमा तोडफोड गर्नुका साथै राष्ट्रिय झण्डा समेत फ्याँकेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेको बताइन्छ ।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूसमेत तोडफोड गरिएको छ ।उनीहरूले प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् । सडकमा टायर बालिएको छ ।

ADVERTISEMENT

अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएकी थिइन् । उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन् ।