काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भारत भ्रमणमा जाने भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले अक्टोबर १७ र १८ (असोज २ र ३) मा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।

ADVERTISEMENT

भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ताको कार्यक्रम तय भएको छैन ।

ADVERTISEMENT

भारतमा रहँदा मन्त्री वाग्ले कन्फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा नेपालमा भारतीय लगानी भित्र्याउने तथा विशेषगरी हस्पिटालिटी र वेलनेस क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा छलफल गर्ने तयारी छ ।

यस्तै, वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्समा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने प्रयासस्वरूप अर्थमन्त्रीको भारत भ्रमण तय भएको मन्त्रालय स्रोतले जनाएको छ ।

ADVERTISEMENT