काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त भएका छन् ।
युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष रहेका अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिवमा नियुक्त गरेको हो ।
उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् । उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष घिसिङले नवप्रवेशीको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने बताए । अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको उनको भनाइ छ ।
“देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,” घिसिङले भने, “त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन ।”






