काठमाडौं । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक विदेश यात्रामा निस्कने भएका छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको चार दिने कतार भ्रमण स्वीकृत गरेको छ ।

कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।

ADVERTISEMENT

अघिल्लो सरकारका पालामा राष्ट्रपति विदेश भ्रमणमा जाने तयारी गरेका थिए । तर अचानक रोकिएको थियो । दुई वर्षअघि स्वास्थ्य उपचार गर्न भारत गएपछि राष्ट्रपति पौडेलले विदेश भ्रमण गरेका छैनन् ।

दुई महिनाअघि उनलाई चीनले भ्रमणको निम्तो दिएको थियो । तर उनले अस्वीकार गरेका थिए । यसपटक भने उनी कतार जाने भएका हुन् ।

ADVERTISEMENT