काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्दै दुई पक्षबीच सहमति कायम गराउने उद्देश्यले सक्रिय मध्यमार्गी नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

नेता नैनसिंह महर, रञ्जित कर्ण, राजेन्द्र तिवारीलगायत नेताहरूले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्। भेटपछि नेता महरले देशको समसामयिक राजनीतिक अवस्थाबारे राष्ट्रपतिसँग छलफल भएको जानकारी दिए।

कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वका समूहबीच एकता कायम गराउने उद्देश्यले यी नेताहरूले छुट्टै अभियान सञ्चालन गरिरहेका छन्।

ADVERTISEMENT

पार्टी विभाजनको सम्भावना रोक्न उनीहरूले साउन २० गते काठमाडौंमा भेला आयोजना गर्दै चारबुँदे मध्यमार्गी प्रस्ताव पनि सार्वजनिक गरेका थिए।

ADVERTISEMENT