काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।

करिब १५ मिनेट चलेको भेटमा मुलुकको समसामयिक अवस्था, विशेषगरी तराई–मधेस क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

भेटका क्रममा प्रधानमन्त्रीले देशको पछिल्लो परिस्थितिप्रति सरकार गम्भीर रहेको र समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी गराएका थिए। उनले सरकार शान्ति–सुरक्षा कायम गर्न तथा अवस्था सामान्य बनाउन निरन्तर प्रयासरत रहेको बताएका थिए।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत रहन र सबै राजनीतिक दल तथा सरोकारवालासँग संवादमार्फत समस्याको समाधान खोज्न सुझाव दिएका थिए।

भेटमा शान्ति–सुरक्षा र समसामयिक राष्ट्रिय विषयमा पनि संक्षिप्त छलफल भएको जनाइएको छ।

ADVERTISEMENT