काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ८होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।