काठमाडौँ । गरिमा विकास बैंकद्धारा शेयरधनीलाई १०.५३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१\०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित गरेको हो । बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल पाँच अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पुुँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको छ। विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम छ ।
बैंक देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीम मार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।






