काठमाडौं  । गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बैंकका अनुसार कर्मचारीको एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।

ADVERTISEMENT

त्यस्तै, प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनर्स्थापनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएको छ।