काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेललाई मानव अधिकार उल्लंघनको कसुरमा कारबाही गर्न सिफारिस गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा दुवै जना एआईजी पदमा कार्यरत थिए । हाल भने उनीहरू क्रमशः नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखका रूपमा कार्यरत छन् ।

ADVERTISEMENT

आयोगले उनीहरूसँगै नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापामाथि पनि कारबाही गर्न सिफारिस गरेको छ ।

मानव अधिकार उल्लंघनका घटनाबारे अध्ययन तथा अनुसन्धान गर्न आयोगले गठन गरेको समितिले प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा दोषी देखिएका सुरक्षा अधिकारीहरूमाथि विभागीय कारबाही अघि बढाउन आयोगले सरकारलाई आग्रह गरेको हो ।

ADVERTISEMENT

आयोगले जेनजी प्रदर्शनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका तथा मानव अधिकारको अवस्थाबारे विस्तृत अध्ययनपछि सिफारिस सार्वजनिक गरेको जनाएको छ ।