काठमाडौं । गृह मन्त्रालयले मृतक रवीन मेहताका परिवारसँग भएको संवाद सकारात्मक रहेको जनाएको छ।

मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारका तर्फबाट परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको हो।

ADVERTISEMENT

छलफलका क्रममा गृहमन्त्री गुरुङले मृतकका परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिएका छन्।

वार्तामा सहभागी परिवारका सदस्यहरूले मृतकका बुबाआमासँग परामर्श गरेपछि मात्रै बुधबार थप छलफल गर्ने बताएका छन्। उनीहरूले अहिले मेहताको शव बुझेर पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

सचिवालयका अनुसार बुधबार पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय रवीन मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।