काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट प्रयोग नगर्ने निर्णय गरेकी छन्। उनले फेसबुक, एक्स र इन्स्टाग्रामको नयाँ अकाउन्ट खोलेर प्रयोग गर्न थालेकी छन्।
सामान्यतया प्रधानमन्त्री पदबाट विदा हुँदा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड हस्तान्तरण गरिन्छ। त्यो सरकारको आधिकारिक हुने भएकाले जो प्रधानमन्त्री आए पनि त्यही अकाउन्ट प्रयोग गर्ने परम्परा थियो।
अघिल्ला प्रधानमन्त्रीहरूले @PM_nepal ह्याण्डल प्रयोग गर्दथे। तर प्रधानमन्त्री कार्कीले अबदेखि एक्समा @pmsushilakarki ह्याण्डल प्रयोग गर्नेछिन्। जसमा हाल सम्म
प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री कार्कीले नै पुरानो अकाउन्ट नचलाउने निर्णय गरेकी हुन्। उनकै चाहनाअनुसार नयाँ अकाउन्ट खोलिएको हो।
प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले पुरानो अकाउन्ट चलाउँदा अघिल्ला पूर्व प्रधानमन्त्री ओलीकै गतिविधि देखिने भएकाले नयाँ प्रयोग गर्न थालिएको बताए। उनले भने, “हामीले नयाँ नै युज गरौं भनेर नै यसो गरेका हौं। अर्को सरकार आएपछि हामीले यसलाई ह्याण्डओभर गर्छौ ।”
प्रधानमन्त्री कार्कीले सशस्त्र प्रहरी बल, निर्वाचन आयोग, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई फलो गरेकी छिन्। यो ह्याण्डलमा फलोअर निरन्तर बढ्ने क्रममा रहेको छ। हालसम्म उनलाई तीन हजार जनाले फलो गरेका छन्।







