काठमाडौँ। एलन मस्कले यस साता आफ्ना फलोअर्सलाई एनिमेटेड नेटफ्लिक्स शो, “Dead End: Paranormal Park” र यसको निर्माता ह्यामिश स्टिलले कन्जरभेटिभ अभियन्ता चार्ली किर्कको मृत्युबारे सामाजिक सञ्जालमा गरेको आपत्तिजनक टिप्पणीले उठेको विवादका कारण नेटफ्लिक्स सदस्यता रद्द गर्न आग्रह गरेका छन्।

मस्कले बुधबार आफ्नो  प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखेका छन्, “तपाईंका बच्चाहरूको स्वास्थ्यका लागि नेटफ्लिक्सको प्रयोगलाइ बन्द गर्नुहोस्।” यो पोस्ट नेटफ्लिक्समाथि “ट्रान्सजेन्डर वक एजेन्डा” अघि बढाएको आरोपको प्रतिक्रिया स्वरूप गरिएको थियो।

यो विवाद दुई सिजन पछि २०२३ मा रद्द गरिएको एनिमेटेड नेटफ्लिक्स शो, “Dead End: Paranormal Park” सँग सम्बन्धित छ, जसमा एक ट्रान्सजेन्डर पात्रलाई प्रस्तुत गरिएको छ। 

ADVERTISEMENT

मस्कले केही एन्टी-ट्रान्स पोस्टका साथै शोका निर्माता ह्यामिस स्टीलले दिएका केही जवाफको आलोचना गर्ने पोस्टमा पनि प्रतिक्रिया दिएका छन्। एउटा प्रमुख कन्जर्वेटिभ एक्सको एकाउन्टबाट  स्टीलको बयानले कन्जर्वेटिभ गतिविधिकर्मी चार्ली किर्कको हत्यालाई  “मजाक बनाएको ” भन्ने दावी गरेको थियो।

ADVERTISEMENT

स्टीलले एक्सको प्रतिस्पर्धी सामाजिक सञ्जाल ब्लूस्काइमा मस्कको आलोचनामाथि  प्रतिक्रिया दिँदै लेखेका छन्, “सम्भवत आज : धेरै गज्जबको दिन हुने छ।” साथै उनले लेखक ज्याक बर्नहार्डको एउटा पोस्ट साझा गर्दै “Dead End” लाई “दयालु र अद्भुत पात्रहरूभएको उत्कृष्ट कार्यक्रम” भएको जानकारी दिएका छन्।

ADVERTISEMENT

नेटफ्लिक्सले २०२४ को चौथो त्रैमासिकसम्म आफ्नो ३०१.६३ मिलियन सदस्य रहेको तथ्यांक सार्वजनिक गरेको छ