काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ बिहीबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा हदका कारण उनले अवकाश पाउन लागेका हुन् । उनी भदौमा आईजीपी नियुक्त भएका थिए । खापुङले ७० दिन मात्र प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाए ।

महानिरीक्षक खापुङ प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महानिरीक्षक खापुङले बिदाइ भेट गरेका हुन् । आफ्नो कार्यकाल सकिनै लाग्दा महानिरीक्षक खापुङले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। त्यस अवसरमा उनका उत्तराधिकारी दानबहादुर कार्की पनि सहभागी थिए।

ADVERTISEMENT

यस्तै, बुधबार नै गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक खापुङको बिदाइ गरिएको छ । दिउँसो पौने २ बजे आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिदाइ गरिएको हो ।

सो अवसरमा गृहसचिव रामेश्वर दंगाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, आगामी महानिरीक्षकमा नियुक्त नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक तथा दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत झण्डै तीन दर्जन उपस्थित रहेको थियो ।

ADVERTISEMENT