काठमाडौं । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत खुला गरेको मतदाता नामावली संकलन सुरु गरेको छ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः निष्क्रय हुने प्रावधान छ ।

जेनजी पनि मताधिकारबाट बञ्चित नहोस् भन्ने उद्देश्य राखेर सरकारले अध्यादेश मार्फत बिहीबार मतदाता नामावली दर्ताको बाटो खोलेको हो ।