काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरिएको छ ।






