काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रस्ट पारेका छन् ।

संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने बताए । उनले भनेका छन् ‘  त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।’

ADVERTISEMENT

ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेको स्मरण गरेका छन् ।

उनले भनेका छन्– ‘उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । ’

ADVERTISEMENT