काठमाडौं। नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन्।

बस्नेतले जारी गरेको सन्देशमा वर्तमान घटनाक्रमलाई “प्रतिशोधपूर्ण राजनीति” को रूपमा व्याख्या गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सडक संघर्ष आवश्यक भएको बताएका छन्। उनले प्रदर्शनका कार्यक्रमहरूबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने उल्लेख गरेका छन्।

ADVERTISEMENT

प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको घटनासँग सम्बन्धित आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज बिहान पक्राउ गरेको थियो। सोही घटनालाई लिएर एमालेले सरकारको कदमप्रति असहमति जनाएको हो।

ADVERTISEMENT

बस्नेतले पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको दाबी गर्दै यसले देशमा द्वन्द्व बढाउने खतरा रहेको बताएका छन्। साथै उनले आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् कि सार्वजनिक सम्पत्ति जोगाउन असफल देखिएको प्रहरी अहिले राजनीतिक नेताहरूमाथि कारबाही गर्न ठूलो संख्यामा परिचालन हुनु चिन्ताजनक भएको टिप्पणी गरेका छन्।

ADVERTISEMENT

ओलीको पक्राउपछि मुलुकको राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ भने विपक्षी दलले आन्दोलनमार्फत् आफ्नो असन्तुष्टि व्यक्त गर्ने तयारी गरेको छ।