काठमाण्डौ,  राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दै  राष्ट्रपति रामचन्द्र पौडेलले  नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिस अनुसार वर्तमान प्रतिनिधि सभालाई भदौ २७ गते शुक्रबार राति ११:०० बजेबाट लागुहुने गरि विघटन गरिएको जनाएको छ ।

यस अघि प्रधानमन्त्री सुशिला कार्कीले सपथ ग्रहण पश्चात राष्ट्रपति समक्ष वर्तमान प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिईन ।

उक्त बिज्ञप्तिका अनुसार नयाँ प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते बिहीबार हुने गरी मिति तोकिएको छ।

ADVERTISEMENT