काठमाडौं । जेनजीको आन्दोलन सोमबार सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।

नेपालको कुनै पनि आन्दोलन वा क्रान्तिमा सिंहदरबार कब्जा भएको थिएन । तर जेनजीले दुई दिनमै देशका सबै सरकारी निकाय कब्जा गरेका छन् ।

ADVERTISEMENT

प्रदर्शनकारीले आज प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

ADVERTISEMENT