काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयगत गतिविधि तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

बैठकमा केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारका विभिन्न मन्त्रालयका प्रगति, प्रशासनिक सुधार तथा वर्तमान राजनीतिक अवस्थाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।