काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका धेरै क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिप्रकाले सोमबार दिउँसो दोस्रो कर्फ्यू आदेश जारी गरेको हो । विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति निवास लैनचौर, नारायणहिटी, भद्रकाली, सिंहदरबार वरपर क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको हो । दिउँसो १ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको हो ।
स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी भएका क्षेत्रमा भेला हुन, जुलुस वा आमसभा र विरोध प्रदर्शनमा रोक लगाइएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले शान्ति सुरक्षामा सहयोगका लागि सानो संख्यामा सैनिक टुकडी परिचालन भएको बताएका छन् ।








