काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन् ।

रास्वपाका अनुसार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना हुने कार्यक्रममा कोशी प्रदेशका उपलब्ध सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म छलफल हुनेछ ।

ADVERTISEMENT

त्यसपछि मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म बैठक तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार लामिछानेले अन्य प्रदेशका सांसदहरूसँग पनि छुट्टै तालिका बनाएर आगामी दिनमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् ।

रास्वपाले प्रदेशस्तरका सांसदसँग नियमित संवाद र समन्वयलाई प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।