काठमाडौँ । नेपाली बजारमा सुन प्रतितोला दुई हजारले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपालमा पनि त्यसको असर परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

ADVERTISEMENT

मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । सुन व्यवसायीहरूले अझै सुनको मूल्य बढ्ने बताएका छन् । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।