काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१० अंकले घटेर २७८१ अंकमा झरेको छ । बुधबार नेप्से ५३ अंकले बढे पनि बिहीबार त्यसले निरन्तरता पाउन सकेन ।
आज सेयर बजार राताम्मे भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । ३२२ कम्पनीको एक करोड ७८ लाख कित्ता सेयर किनबेच हुँदा आठ अर्ब बराबरको कारोबार भएको छ ।
२२७ कम्पनीको सेयरमूल्य घट्दा २४ कम्पनीको सेयरमूल्य मात्र बढेको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्यारेन्सको ६५ करोड बराबरको कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टिलरीको ३५ करोड, शिवम सिमेन्टको २२ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १९ करोड बराबरको कारोबार भएको छ ।
बिहीबार पनि विकास हाइड्रो पावर कम्पनीको १० प्रतिशत सकारात्मक सर्किट लागेको छ ।





