काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा झरेको छ।
नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। बुधबार चार अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ६९ हजार २४ पटकको कारोबारमा पाँच अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँबराबरको एक करोड २७ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्टको १९ करोड, हिमालयन रिइन्स्योरेन्स र यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १७ करोड नाघेको छ।
हिम स्टार ऊर्जा कम्पनीको सेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ३० पैसा बढेर ३५५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्ट कम्पनी र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत बढेको छ।





