काठमाडौँ, । काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।
कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् ।
कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।
‘कति सहकारी सम्पर्कमा नै आउँदैन, कति कारबाहीमा परेको हुनाले गर्दैनन् सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ,’ उनले भने ।
काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।
कामपाले धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्नका लागि बचतकर्ताका लागि आग्रह गरेको छ । कामपा सहकारी विभागका काफ्लेका अनुसार बचत गरीसकेपछि पछुताउनुभन्दा बचत गर्नुपूर्वनै उक्त सहकारी नियमअनुसार सञ्चालन भएको हो कि छैन, उक्त सहकारीको् लेखा परीक्षण नियमित गरिएको छैकी छैन, ब्याजदर स्वभाविक छ की छैन, संस्थाको वित्तीय पारदर्शिकता कस्तो छ, नियामक निगरानी छ की छैन, जस्ता विषय बुझेर मात्र पैसा बचत गर्नुपर्छ ।
‘मेरोको साथीको सहकारी, आफन्तले सञ्चालन गरेको सहकारी हो मैले सुजबुजबिनै पैसा बचत गर्न भइहाल्छ भन्ने मानसिकताबाट ढाडा रहनुपर्छ अन्यथा बचत डुब्न सक्छ,’ उनले भने । अहिले धेरै सहकारीहरू आफ्ना आफ्ना मिलेर सञ्चालन गर्दा समस्या आएको छ पैसा रहुञ्जेल प्रयोग गर्ने नियमित रूपमा गर्नुपर्ने कानुनी प्रक्रिया नहुँदा समस्या छ ।





