काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । पछिल्लो केही दिनयता बढ्दै गएको सेयर बजारले आइतबार पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दु पुगेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सेयर बजारमा हरियाली छाएको हो ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २३ अर्ब ५९ करोड बराबरको सेयर कारोबार हुँदा ६ करोड कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल हाइड्रोपावर कम्पनीको ७७ करोड ८७ लाख, शिवम् सिमेन्टको ७५ करोड, न्यादी ग्रुप पावरको ७२ करोड, हिमाल दोलखा होइड्रोपावरको ७१ करोड, आखु खोला जलविद्युत कम्पनीको ७० कराेड बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशत सर्किट लागेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर छन् ।