काठमाडौँ । प्रहरीले शुक्रबार राति अपरेसन सेफ्टी सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । यस्तै विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति अपरेसन सेफ्टी काठमाडौँ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका डिम्पल भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस्तै काठाडौँको कलंकी-बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलंकीकै बस टिकट काउन्टर-पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए ।

ADVERTISEMENT

शुक्रबार राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुव्र्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईको भनाइ छ ।

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले १८ जना गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेका हुन् । तीमध्ये अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौंले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जना

– सजिंव लामा, काभ्रे, नमोबुद्ध–१
– अशोक गिरी, सिन्धुपाल्चोक, मेलम्ची–७
– वकिल वम, कालिकोट, पलाता
– सुरेश गुरुङ (किमजोङ), खोटाङ, एंसेलुखर्क–१
– संजिव राई, खोटाङ, एंसेलुखर्क–२
– राजकुमार तामाङ, काभ्रे, पाँचखाल–४
– बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०
– शेर्पा लामा, काभ्रे, चौरिदेउराली–७
– राहुल राई, खोटाङ, कपिलासगढी
– समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४
– सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५
– वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०
– महेश महत, ललितपुर, महाङ्काल