काठमाडौँ । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हाे ।

बिहीबार व्यवसायी दीपक भट्ट पक्राउ परेका थिए । अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परेलगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाललाई नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

ADVERTISEMENT