काठमाडौं । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा झडप भएको छ । शुक्रबार बिहान काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारमा बनेका नयाँ संरचना हटाउन डोजर प्रयोग गरेको थियो ।

केही समयपछि नै स्थानीयले विरोध गर्दै काठमाडौं महानगर प्रहरी बल र नेपाल प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । स्थानीय र सुकुम्बासी हुल बाँधेर आएर नाराबाजी र हुलहुज्जत गर्न थालेपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महानगर प्रहरी बल प्रमुख राजुराज पाण्डेको नेतृत्वमा सुकुम्बारी बस्तीमा डोजर चलाइएको छ । तर, स्थानीयले नाराबाजी गरिरहेका छन् ।

स्थानीयले सुरक्षाकर्मीमाथि इँटा र ढुंगा प्रहार गरिरहेका छन् । सुरक्षाकर्मीले स्थनीयलाई पर हट्न चेतावनी दिइरहेको छ । लामो समयदेखि मनोहरा खोला किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले खोजे पनि सफल भइरहेको छैन ।