काठमाडौं । काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने वातावरण निर्माण गर्ने भन्दै महिनौं अगाडि कन्क्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा अहिले पुनः सिमेन्ट हालेर कन्क्रिट बनाउने प्रयास भएको देखिएपछि विवाद चुलिएको छ।

महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुङ्गा र कन्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, मंगलबार सोही क्षेत्रमा पुरानो कालोपत्रे  पिच नहटाईकन सीधै सिमेन्ट थपेर कन्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।

ADVERTISEMENT

स्थानीयबासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उप–मेयर सुनिता डंगोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन्।