काठमाडौं । सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को चौथो त्रैमासमा सन्तुलित वृद्धि हासिल गर्दै आशावादी वित्तीय विवरण  सार्वजनिक गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढेर रु. २.५७ अर्ब पुगेको छ।

बैंकको जगेडा रकममा ९२.१३ प्रतिशतले वृद्धि भई रु. २.७८ अर्ब पुगेको छ। कुल जगेडा कोषमा पनि ११.४१ प्रतिशतको वृद्धि भई रु. ६.५६ अर्बमा पुगेको छ।

ग्राहक विश्वासमा वृद्धि देखिँदा  बैंकको निक्षेप १३.५७ प्रतिशतले बढेर रु. २२४ अर्ब पुगेको छ भने कोषको लागत २३.३३ प्रतिशतले  घटेर ४.७० प्रतिशतमा सीमित भएको छ, जसले बैंकको संचालन सुदृढ हुदै वित्तीय दक्षता बढेको देखिन्छ, यसैगरी  ग्राहक कर्जा १०.६८ प्रतिशतले बढेर रु. १७६.४४ अर्बमा पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी रु. ६.३५ अर्बमा पुगेको छ भने वार्षिक आम्दानी प्रति सेयर (EPS) रु. १८.९३ रहेको छ।  बैंकको प्रति सेयर नेटवर्थ  रु. १६८.८३ र पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत रहेको छ। बैंकको मूल्य-आम्दानी (P/E) अनुपात १९.८० गुणा रहेको छ, जसले भविष्यमा बैंकको आम्दानी थप विस्तार हुने  सम्भावना देखाएको छ।