काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणले बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो। यसका लागि इच्छुक बैंकहरूलाई आफूले उपलब्ध गराउन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ६ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिएको छ।

प्राधिकरणका अनुसार पेश गरिने दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ। साथै, बैंकहरूले प्रस्ताव पेश गर्दा मुद्दती निक्षेपमा दिन सक्ने अधिकतम ब्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान विवरण, निष्क्रिय सम्पत्तिको अवस्था, कर्जा–निक्षेप अनुपात तथा पूँजी पर्याप्तता कोषसम्बन्धी कागजात अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।यद्यपि, प्राधिकरणले लगानी गर्ने कुल रकम भने हालसम्म सार्वजनिक गरेको छैन।

ADVERTISEMENT

यसले बैंकको तरलता व्यवस्थापनमा केहि हदसम्म राहत हुने छ।