काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले आ.व. २०८१/८२ को चौथो त्रैमासको वित्तीय नतिजा हालै सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय नतिजाका अनुसार बैंकको खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि भई ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आ.व.को सोही त्रैमासमा ३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।
यस त्रैमासमा बैंकको चुक्ता पुँजीमा १० प्रतिशत वृद्धि भई १२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। जगेडा रकममा ५०.०३ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ भने कुल जगेडा कोष ११.१२ प्रतिशतले बढेर १३ अर्ब ८८ करोड रुपैयाँमा पुगेको छ यसैगरि बैंकको निक्षेप २८.६३ प्रतिशतले बढ्दै २९८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा १९.८७ प्रतिशतले बढेर २१३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१.६३ प्रतिशतले वृद्धि भई ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार आएको छ, जसले गर्दा निष्क्रिय कर्जा (NPL) अनुपात अघिल्लो वर्षको ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा पुगेको छ, जसमा ४६.४८ प्रतिशतको सकरात्मक सुधारआएको देखिन्छ ।
बैंकको कोष लागतमा पनि उल्लेखनीय सुधार भई (Cost of Fund) ३१.३८ प्रतिशतले घटेर ३.८७ प्रतिशतमा झरेको छ। प्रतिवर्ष आम्दानी प्रति सेयर (EPS) रु. ३७.९९ पुगेको छ, जुन अघिल्लो वर्षको सोहि अवधिमा रु. ३१.४७ रहेको थियो । बैंकको प्रति सेयर नेटवर्थ रु. २४७.३९ पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १२.३० प्रतिशतबाट बढेर १३.२८ प्रतिशत पुगेको छ।







