काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चालू आर्थिक बर्ष २०८१/८२ मा सातवटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका नौ शाखाहरूमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समुहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरेको हो । जसबाट १०औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्दान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत आग्रह गरिएको छ । यसबाट बैकिङ प्रणाली मजवुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एंव असहायहरूका लागि सञ्चालित संस्थाहरूमा सहयोगहरू गरिसकेका छ।
बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








