काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको हो ।
मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकले जनाएको छ । सबै महिला कर्मचारीहरूका लागि ‘स्तन क्यान्सरसम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो ।
कार्यक्रममा मेदान्त अस्पतालका वरिष्ठ निर्देशक तथा स्तन क्यान्सर विशेषज्ञ डा. कञ्चन कौरले गरेका थिए । मंगलबार आयोजित कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सहभागिता जनाएका थिए । कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बनेको बैंकले जनाएको छ ।
त्यसैगरी, बुधबार ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्रसमेत सञ्चालन गरिएको थियो । जसमा मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले सहजीकरण गरेका थिए । यसमा कुल ५०९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतससम्म छुट उपलब्ध हुने भएको छ ।
सिटिजन्स बैंकडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








