काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा व्यवस्थापन समूहअन्तरगत ८ टिम गरी विभिन्न बैंककै ८४ जना विभाग तथा शाखाहरुका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्तो कार्यक्रमले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउने बताए । उनले संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।

सिइओ पोखरेलले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।