काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउसबीच नेसनल कार्ड स्विचअन्र्तगत डोमेस्टिक कार्ड स्किममार्फत नेपालपे कार्ड सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत सिटिजन्स बैंक एनसिएचएलको इलेक्ट्रोनिक फन्ड मेब्मरभित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ । यसपश्चात सिटिजन्स बैंकको एटिएम तथा पोस टर्मिनलहरुमा नेपालपे कार्ड साथै डिस्कोभर, डिनर्स, पल्स जस्ता इन्टरनेसनल कार्डहरु पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टै एनसिएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपालपे कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।








