काठमाडौं । कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा उक्लिएको छ।

साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्से त्यसपछिका दुई कारोबार दिन सोमबार र मंगलबार घटेको थियो।

कारोबारमा आएकामध्ये १९९ स्टक्सको मूल्य बढ्दा ४९ वटाको घट्यो। ३१६ स्क्रिप्सको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँमा खरिदबिक्री भए।

ADVERTISEMENT

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। वरुणा हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, एनआईसी एसिया, सीईडीबी होल्डिंक्स र न्यादी हाइड्रोपावर सर्वाधिक कमाउने शीर्ष पाँच कम्पनीभित्र परे।
ग्रिन डेभलपमेन्ट बैंक, एनएमबी हाइब्रिड फन्ड, पिपुल्स हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र खानीखोला हाइड्रोपावर सर्वाधिक गुमाउने पाँच कम्पनीमा परे।

ADVERTISEMENT

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक हरियाली देखिएका छन्। सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक वृद्धि भएको छ। सो समूहको उपसूचक १.६८ प्रतिशतले बढेको हो।