काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा ओर्लिएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार चार अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५६ स्टकको ४६ हजार २४६ पटकको कारोबारमा तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँबराबरको ७५ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सोमबार ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा छ। ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको साढे १५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत घटेको छ।

ADVERTISEMENT

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पुग्दा पनि सेयर बजारले अपेक्षाअनुसार गति लिन सकेको छैन।